सुविधाहरु

Welcome to Aalaukik Sapanawati !

२०६६ जेष्ठ ०१ गते डिभिजन सहकारी कार्यालय अनामनगर काठमाण्डौंमा बिधिवत रुपम दर्ता भई २०६७/०२/०१ गतेबाट कारोबार शुरुवात गरेको सपनावती बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष श्री नरेश कुमार ढकाल रहनु भएको थियो । संस्थाले तत्कालिन अवश्थामा आप्नो कारोबार गर्नको लागि काठमाण्डौं महानगरपालिकाका वडा नं ५,६,७,८ र ३३ स्विकृती प्राप्त गरि कारोबार संचालन गरेको थियो । त्यसै गरि २०६६/०५/२४ गते डिभिजन सहकारी कार्यालय अनामनगर काठमाण्डौंमा विधिवत रुपमा दर्ता भई २०६६/०५/२५ गतेबाट कारोबार शुरुवात गरेको श्री अलौकिक बचत तथा ऋण सहकारी संस्था लि. को संस्थापक अध्यक्ष श्री शम्भु प्रसाद भन्डारी रहनु भएको थियो । संस्थाले आप्नो स्विकृत कार्यक्षेत्रको रुपमा बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका कपन ,चुनिखेल ,चपली, तथा कामपा ०६, गोकर्णेश्वर नगरपालिका अन्तर्गतको जोरपाटी आदी स्विकृती प्राप्त गरि कारोबार संचालन गरेको थियो । हाल दुवै संस्थाको संयुक्त साधारण सभा २०७७/१०/०४ गतेको निर्णयद्वारा दुवै संस्थाहरु एकिकरणको प्रकृयामा गई २०७७/११/२१ गते भुमी ब्यवस्था तथा सहकारी मन्त्रालय वाग्मती प्रदेश हेटौडाबाट स्विकृत भई २०७८/०४/०१ बाट संयुक्त कारोबार संचालन गरिएको थियो । एकिकरण पछिको संस्थाको नाम अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्था लि. कायम गरि का.म.पा –०६ स्थित कार्यालयलाई केन्द्रीय कार्यालय तथा कपन –१२ आदर्शनगर स्थित कार्यालयलाई अलौकिक सेवा केन्द्रको रुपमा संचालन गरि आएको छ । संस्थाले हाल दुवै कार्यालयबाट ८/८ जना कर्मचारीहरुबाट सेवा प्रदान गरि आएको छ ।

थप पढ्नुहोस्
about image

हाम्रो सेवाहरु

आवधिक ऋण ब्याजदर

क्र.सं. ऋणको प्रकार ब्याजदर ऋणको अवधि किस्ता भुक्तानी छुट अवधि
ब्यवसायिक कर्जा १६ ३–२४ महिना ३ महिना
सामुहिक जमानी कर्जा १६ ३–२४ महिना ३ महिना
हायर पर्चेज ३–२४ महिना ३ महिना
शैक्षिक ३–२४ महिना ३ महिना
घर जग्गा धितो कर्जा १५ ३–६० महिना ३ महिना
सजिलो कर्जा १६ ३–२४ महिना
बैंक ब्यालेन्स शो ०.६५–२.६% बढीमा ३ महिना
बचत/सदस्य(एकल)जमानी +३ ३–१२ महिना ३ महिना

सहकारी गतिविधी

blog image
अलौकिक सपनावतीले स्थापना दिवसमा वृहत रक्तदान कार्यक्रम गर्ने
चैत्र ७, २०७८

संस्थाले उक्त दिन चारुमति स्तुपा प्राङ्गण चाबहिलमा बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने जनाएको छ । संस्थाको मुख्य कार्यालय चाबहिलका साथै सेवाकेन्द्र ठमेल, कालिमाटी, साँखु, माछापोखरी बालाजु र कोटेश्वर अन्तर्गतकका सदस्य तथा सर्वसाधारणलाई समेत रक्तदान कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

थप पढ्नुहोस्
blog image
अलौकिकको सेभिङ्गको सेवा दिउँसो ३ बजेसम्म
चैत्र ९, २०७८

संस्थाले बन्दा बन्दीको समयमा पनि ३६५ दिने सेवालाई निरन्तर संचालन गरिरहेको छ । कोरोना भाइरस संक्रमण्मको त्रासमा नेपाल सरकारले गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि सदस्यहरुलाई नियमित सेवा दिइरहेको जनाएको छ ।

थप पढ्नुहोस्
blog image
प्रतिनिधि सम्मिलित टोली सिसियुएलबी अवलोकन भ्रमणका लागि बंगलादेश प्रस्थान
चैत्र ६, २०७८

काठमाडौं । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ सिसियुएलबीको विशेष निमन्त्रणामा बंगलादेश एक्सोपर भिजिट २०२२ सहभागिताका लागि नेफ्स्कून, सहकारी मन्त्रालय र विभागको प्रतिनिधि सम्मिलित टोलि बंगलादेश प्रस्थान गरेको थियो ।

थप पढ्नुहोस्

व्यवस्थापक बाट सन्देश

image
पुरुषोत्तम नेपाल
व्यवस्थापक

सर्वप्रथम संस्थाका सम्पूर्ण सदस्य ज्यूहरु शुभचिन्तकहरु प्रति हार्दिक सहकारी अभिवादन ब्यक्त गर्न चाहन्छु । दुई वटा स्वतन्त्र रुपमा संचालन भई आएका संस्थाहरु एकिकरण भई यस अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्थाको गठन भएको कुरा सर्वविधितनै छ । सानो कार्यक्षेत्र तथा सिमित कारोबारबाट संचालित यस संस्था हाल काठमाण्डौं महानगरपालिकाका बिभिन्न वडाहरु,बुढानिलकण्ठ नगरपालिकाका बिभिन्न वडाहरु त्यसै गरि गोकर्णेश्वर नगरपालिकाका वडाहरुमा आप्ना सदस्यहरुबिच सेवा प्रदान गरि आएको छ । संस्थालाई विश्वास र हौसला प्रदान गरि आजको यस अवश्थामा पुग्नको लागि मार्गनिर्देश तथा योगदान गर्नुहुने सल्लाहकार,पुर्व अध्यक्ष ,कर्मचारी,बिभिन्न उपसमितिका पदाधिकारी ज्यूहरु प्रति सदा नतमस्तक रहने छु । सदस्य हितलाई आप्नो प्रमुख दायित्व मान्दै संस्थाले संस्थागत तथा आर्थिक सुसासन कायम गरि आप्नो आर्थिक तथा सामाजिक उत्तर दायित्व निर्वाह गर्दै अघि बढिरहेको छ र आगामि दिनहरुमा पनि अझ बढी शसक्त रुपमा बढी मात्रामा सदस्यहरु लाभान्वीत हुने गरि प्रविधि मैत्री वातावरण सिर्जना गरि संस्था अगाडी बढ्ने छ भन्ने प्रतिबद्घता जनाउन चाहन्छु ।

थप पढ्नुहोस्

बचत ब्याजदर

क्रं.सं. बचत शीर्षक ब्याज दर
१. गृहिणी बचत ७.५%
२. साधारण बचत ७.५%
३. बिशेष बचत ७.५%
४. बृद्ध बचत ७.५%
५. खुत्रुके बचत १०%
६. बाल शैक्षिक बचत एकमुष्ठ
७. बाल बचत ७.५%
८. आवधिक वचत ८-१०%

2078

Established Year

3800

Happy Customers

11

Total Employee

1

Service Center

रेमिट्यान्स सेवा

remitance
remitance
remitance
remitance
image