सुविधाहरु

अध्यक्षको सन्देश
image
पुरुषोत्तम नेपाल
प्रमुख कार्यकारी अधिकृत

सर्वप्रथम संस्थाका सम्पूर्ण सदस्य ज्यूहरु शुभचिन्तकहरु प्रति हार्दीक सहकारी अभिवादन ब्यक्त गर्न चाहन्छु । दुई वटा स्वतन्त्र रुपमा संचालन भई आएका संस्थाहरु एकिकरण भई यस अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्थाको गठन भएको कुरा सर्वविधितनै छ । सानो कार्यक्षेत्र तथा सिमित कारोबारबाट संचालित यस संस्था हाल काठमाण्डौं महानगरपालिकाका बिभिन्न वडाहरु,बुढानिलकण्ठ नगरपालिकाका बिभिन्न वडाहरु त्यसै गरि गोकर्णेश्वर नगरपालिकाका वडाहरुमा आप्ना सदस्यहरुबिच सेवा प्रदान गरि आएको छ । संस्थालाई विश्वास र हौसला प्रदान गरि आजको यस अवश्थामा पुग्नको लागि मार्गनिर्देश तथा योगदान गर्नुहुने सल्लाहकार,पुर्व अध्यक्ष ,कर्मचारी,बिभिन्न उपसमितिका पदाधिकारी ज्यूहरु प्रति सदा नतमस्तक रहने छु । सदस्य हितलाई आप्नो प्रमुख दायित्व मान्दै संस्थाले संस्थागत तथा आर्थिक सुसासन कायम गरि आप्नो आर्थिक तथा सामाजिक उत्तर दायित्व निर्वाह गर्दै अघि बढिरहेको छ र आगामि दिनहरुमा पनि अझ बढी शसक्त रुपमा बढी मात्रामा सदस्यहरु लाभान्वीत हुने गरि प्रविधि मैत्री वातावरण सिर्जना गरि संस्था अगाडी बढ्ने छ भन्ने प्रतिबद्घता जनाउन चाहन्छु ।

image