सुविधाहरु

प्रतिनिधि सम्मिलित टोली सिसियुएलबी अवलोकन भ्रमणका लागि बंगलादेश प्रस्थान
चैत्र ७, २०७८
image

काठमाडौं । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ सिसियुएलबीको विशेष निमन्त्रणामा बंगलादेश एक्सोपर भिजिट २०२२ सहभागिताका लागि नेफ्स्कून, सहकारी मन्त्रालय र विभागको प्रतिनिधि सम्मिलित टोलि बंगलादेश प्रस्थान गरेको थियो । उक्त भ्रमण टोलिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय विभागका शाखा अधिकृत द्वय इश्वरप्रसाद आचार्य र शोभा घिमिरे, सहकारी मन्त्रालयका शाखा अधिकृत गोपी निरौला, सञ्चार संयोजक तुलसी माया सापकोटा र नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत नविनराज दाहाल रहनुभएको थियो । त्यसैगरी भ्रमण टोलिलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल , बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलले दुइदेश बीचको सद्भावपूर्ण अवलोकन भ्रमणका लागि विदाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

image