सुविधाहरु

image

नियमित मासिक बचतका विशेषताहरुः

  • सवै सदस्यहरुले हरेक महिनाको नविराईकन जम्मा गर्दै जानुपर्नेछ ।
  • न्युनतम मासिक रु. १०००।– जम्मा गर्नु पर्नेछ भने अधिकतम मासिक वचत जतिपनि गर्न सकिनेछ ।
  • मासिक वचत अग्रिम रुपमा पनि आगामी महिना र वर्षहरुको समेत जम्मा गर्न सकिनेछ ।
  • सामान्यतया मासिक वचत झिक्न मिल्नेछैन तर झिक्नै परेमा जम्मा गरेको मितिले ५ वर्ष पुगेपछि जम्मा भएको रकमको ७५% र जम्मा गरेको मितिले १० वर्ष पुगे पछि जम्मा भएको रकमको ९० % सम्म वचत र ब्याज झिक्न मिल्नेछ । यदि कुनै सदस्यले मासिक रु. १,०००।– भन्दा बढीको दरले नियमित मासिक वचत जम्मा गरेको छ र सदस्यले उक्त रकम फिर्ता माग गरेमा न्यूनतम रु. १,०००।– का दरले कम्तिमा पाँच वर्षको हुन आउने रकम बाँकी राखि थप जम्मा भएको रकम सदस्यले माग गरेको समयमा भुक्तानी गर्न सकिनेछ ।
  • वचतको अवधि सदस्यता कायम रहेसम्मको हुनेछ ।
  • मासिक वचत हरेक महिनाको पहिलो हप्ता भित्रमा जम्मा गरिसक्नुपर्नेछ । कुनै कारणले सोही महिनामा मासिक वचत जम्मा हुन नसके पछिल्लो महिनाको १० गते सम्म वचत विलम्ब भएको शुल्क लाग्ने छैन भने त्यस पछि जम्मा भएमा प्रतिमहिना वि.शु. रु. १।– का दरले जरिवाना लाग्नेछ ।नियमित मासिक वचतमा लाग्ने जरिवाना सदस्यहरुको वचत रोकिएको कारण र सदस्यको अवस्थालाई मध्य नजर गरी प्रमुख कार्यकारी अधिकृतले छुट दिन सक्नेछ ।
  • पल्र्स मापदण्ड बमोजिम संस्थाको शेयर १० % भन्दा कम भएको अवस्थामा संस्थाले आव्हान गरेको बखत नियमित वचतको रकम सदस्यको अनुमतिमा शेयरमा सार्न सकिनेछ ।
  • यो वचत खाता खोल्ने सदस्यहरुलाई निशुल्क बचत पास बुक उपलब्ध गराईनेछ ।
  • यस योजनामा सरिक भएका सदस्यहरु पछि कुनै कारणवस योजनाबाट अलग हुन चाहेमा माथी उल्लेखित सेवा÷सुविधाका सर्तहरु स्वत बदर भई पुर्ववत संस्थाको नियम अनुसार हुने कुरामा सदस्यको मन्जुरी रहने छ ।
  • रु. १०० सदस्यता शुल्क तिरि वा निशुल्क पनि खाता खोल्न सकिनेछ ।

नियमित मासिक बचतका उद्देश्यहरु :

  • सदस्यहरुमा नियमित वचत गर्ने वानीको विकास गराउने ।
  • भविष्यमा कुनै निश्चित कार्यको लागि एकमुष्ठ रुपमा रकम जम्मा हुन गई पूँजी निर्माणको बानीको विकास गराउने ।
  • सदस्यहरुको भविष्य सुनिश्चित र समृद्ध गराउने ।
  • यस योजनामा सरिक भई खाता संचालन गर्ने सम्बन्धमा समय समयमा संस्थाबाट जारी नियमहरुलाई स्वीकार गर्न तथा तिनको पालना गर्न प्रत्येक सदस्यहरुलाई दायित्वबोध गराउने ।
  • सदस्यहरुमा संस्था प्रति अपनत्वको भावनाको विकास गराउने ।
image