सम्पूर्ण कारोबार कम्प्युटर प्रणाली द्बारा चुस्त र दुरुस्त राखिनेे ।
EMI क्यालकुलेटर
Date Converter
खुत्रुके बचतका विशेषताहरु :
रु.२०० सदस्यता शुल्क तिरि खाता खोल्न सकिनेछ ।रकम जम्मा गर्नको लागि संस्थाले सदस्यहरुलाई खुत्रुके उपलब्ध गराउने छ ।
संस्थाले सदस्यहरुलाई खुत्रुके उपलब्ध गराउँदा विक्रीको माध्यमबाट उपलब्ध गराउनेछ ।
कुनै निश्चित टोल तथा क्षेत्रमा समूहगत रुपमा खुत्रुके वचत गर्न सकिनेछ । समूहगत खुत्रुके खोल्नको लागि भने संस्थाले आफ्ना कर्मचारीहरु सम्बन्धितटोल वा क्षेत्रमा पठाउनेछ । यसरी खुत्रुके खोली जम्मा भएको रकम सम्बन्धित कर्मचारीले सम्बन्धित खातावालाको पासबुकमा सोही स्थानमा चढाई दिनेछ ।
खुत्रुके वचतमा स–साना रकम देखी ठूला नोटहरु पनि जम्मा गर्न सकिनेछ ।
खुत्रुके वचतमा जम्मा भएको रकम एक वर्ष ब्यतित भए पश्चात् झिक्न सकिनेछ ।
दैनिक रुपमा संस्थाका संकलकहरु पुग्न नसक्ने ठाउँका वचतकर्ताहरुले दैनिक रुपमा वचत गर्न र ऋणको किस्ता बुझाउनु पर्ने रकम जम्मा गर्नको लागि खुत्रुकेको प्रयोग गर्न सक्नेछन् ।
खुत्रुके वचत जुनसुकै उमेरका सदस्यले पनि जम्मा गर्न सक्नेछन् ।
यो वचत खाता खोल्ने सदस्यहरुलाई सदस्यहरुको ईच्छा अनुसार एस.एम.एस. बैंकिङ र मोवाईल बैंकिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।
यो वचत खाता खोल्ने सदस्यहरुलाई निशुल्क बचत पास बुक उपलब्ध गराईनेछ ।
खुत्रुके बचतका उद्देश्यहरु :
सदस्यहरुलाई खेर जाने स साना रकम जोह गर्ने बानीको विकास गराउने ।
घरमै बसी बसी वचत गर्ने सुविधा उपलब्ध गराउने ।
सदस्यहरुको भविष्य सुनिश्चित र समृद्ध गराउने ।
सदस्य तथा सदस्यका बाल बालिकामा वचत गर्ने बानीको विकास गर्ने ।