सम्पूर्ण कारोबार कम्प्युटर प्रणाली द्बारा चुस्त र दुरुस्त राखिनेे ।
EMI क्यालकुलेटर
Date Converter
साधारण बचतका विशेषताहरु :
दैनिक रुपमा वचत संकलकहरु घरदैलोमा गई वचत संकलन गर्ने सुविधा प्रदान गर्नेछन् ।
सदस्यहरुले दैनिक रुपमा न्यूनतम रु. २५ देखि अधिकतम जति पनि रकम जम्मा गर्न सक्नेछन् ।
दैनिक वचत संकलन गर्न आउने संस्थाका संकलकहरु मार्फत दैनिक वचतको साथ साथै अन्य वचतहरु र ऋणको किस्ता पनि जम्मा गर्न सकिनेछ ।
आवश्यकता र क्षमता अनुसार घरदैलोमै वचत फिर्ताको सुविधा पनि उपलब्ध गराउन सकिनेछ ।
संस्थाका प्रतिनिधिहरुसँग दिनहुँ सम्पर्क हुने हुँदा सूचना तथा जानकारीहरु आदान प्रदान गर्न सजिलो हुनेछ ।
सदस्यले जम्मा गरेको बचत रकम भुक्तानी आदेश वा भुक्तानी पुर्जा मार्फत वचत फिर्ता लिई आफ्नो गर्जो टार्न सक्नेछन् । यदी रकम फिर्ता गर्दा पुरै रकम फिर्ता नलिएमा सो अवधिको बाँकी रकम जुनसुकै समयमा फिर्ता लिन सक्नेछ ।
यो वचत खाता खोल्ने सदस्यहरुलाई निशुल्क बचत पास बुक तथा भुक्तानी पुर्जा उपलब्ध गराईनेछ ।
रु. १०० सदस्यता शुल्क तिरि वा निशुल्क पनि खाता खोल्न सकिनेछ ।
यो वचत खाता खोल्ने सदस्यहरुलाई सदस्यहरुको ईच्छा अनुसार एस.एम.एस. बैंकिङ र मोवाईल बैंकिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।
साधारण बचतका उद्देश्यहरु :
दैनिक आम्दानी हुने सदस्यहरुको रकम संकलन सुविधा प्रदान गर्ने ।
सदस्यहरुको खर्चमा कटौती गर्ने वानीको विकास गराउने ।
सदस्यहरुलाई थोरै थोरै बचतले एकमुष्ठ रकम निर्माण गरी आफ्नो पेशा÷व्यवसाय विकासको लागि फिर्ता दिने ।