सम्पूर्ण कारोबार कम्प्युटर प्रणाली द्बारा चुस्त र दुरुस्त राखिनेे ।
EMI क्यालकुलेटर
Date Converter
आवधिक बचतका विशेषताहरु :
आवधिक वचत खातामा एक निश्चित अवधि तोकि रकम जम्मा गर्नुपर्नेछ ।
संस्थाले न्यूनतम ३ महिनादेखी बढिमा ५ वर्ष सम्मको आवधिक वचत स्विकार गर्न सक्नेछ ।
कति अवधिको आवधिक वचत लिने वा नलिने भन्ने विषयमा वार्षिक कार्ययोजना वा सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।
आवधिक वचतको व्याज सम्बन्धित सदस्यको सम्बन्धित खाता वा कारोवारी खातामा लगी जम्मा गरिनेछ ।
आवधिक वचत खातामा जम्मा गरिएको रकम तोकिएका अवधि भन्दा अगावै झिक्न सकिने छैन ।
कुनै कारणवश खातावालाले तोकिएको समयावधि भन्दा अगावै वचत फिर्ता माग गरेमा वचत जम्मा गरेको ३ महिना अवधि ब्यतित नभएसम्म उक्त रकमको ब्याज सबै फिर्ता गराएर, ३ महिना देखि ६ महिना अवधि बीचमा रकम फिर्ता माग गरेमा प्राप्त ब्याजको ५० प्रतिशत कट्टी गरी फिर्ता गरिनेछ भने ६ महिना अवधि कटेका वचतहरु फिर्ता माग गरेमा प्राप्त ब्याजको २५ प्रतिशत रकम कट्टी गरी भुक्तानी गरिनेछ ।
साठ्ठी वर्ष भन्दा माथिका शेयर सदस्यहरुले जम्मा गरेको आवधिक वचतको व्याज अनुरोधका आधारमा घर घरमै पु¥याउने व्यवस्था गर्न सकिनेछ ।
यस वचतमा जतिपनि वचत गर्न सकिनेछ ।
यो वचतको ब्याजदर बजार दर बमोजिम समय समयमा सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ भने यसरी तोकिएको ब्याजदरमा १ प्रतिशत सम्म बृद्धि गरी वचत स्वीकार गर्ने अधिकार कार्यालय ब्यवस्थापक÷प्रमुख कार्यकारी अधिकृतलाई हुनेछ ।
सामान्यतया यो वचतको तोकिएको अवधि भन्दा अगावै रकम भुक्तानी गरिने छैन तर संस्थाको तरलता पल्र्स मापदण्ड भन्दा कम भएको अवस्थामा प्रमुख कार्यकारी अधिकृतले ३ महिने भन्दा बढी अवधिको वचतमा आवश्यक परेको समयमा भुक्तानी गर्ने गरी वचत रकम स्वीकार गर्न सक्नेछन् । यस्तो प्रकृतिको वचतको आवधिक वचत कार्डमा नै अग्रिम भुक्तानी गर्न सकिने भनी उल्लेख गर्नुपर्नेछ । यसरी तोकिएको वचतमा बुदाँ (च) बमोजिम हुनेछैन ।
आवधिक बचतका उद्देश्यहरु :
सदस्यहरुले निश्चित अवधि तोकि जम्मा गरेको वचतमा बढि प्रतिफल प्रदान गर्ने ।