सुविधाहरु

परिचय

२०६६ जेष्ठ ०१ गते डिभिजन सहकारी कार्यालय अनामनगर काठमाण्डौंमा बिधिवत रुपम दर्ता भई २०६७/०२/०१ गतेबाट कारोबार शुरुवात गरेको सपनावती बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष श्री नरेश कुमार ढकाल रहनु भएको थियो । संस्थाले तत्कालिन अवश्थामा आप्नो कारोबार गर्नको लागि काठमाण्डौं महानगरपालिकाका वडा नं ५,६,७,८ र ३३ स्विकृती प्राप्त गरि कारोबार संचालन गरेको थियो । त्यसै गरि २०६६/०५/२४ गते डिभिजन सहकारी कार्यालय अनामनगर काठमाण्डौंमा विधिवत रुपमा दर्ता भई २०६६/०५/२५ गतेबाट कारोबार शुरुवात गरेको श्री अलौकिक बचत तथा ऋण सहकारी संस्था लि. को संस्थापक अध्यक्ष श्री शम्भु प्रसाद भन्डारी रहनु भएको थियो । संस्थाले आप्नो स्विकृत कार्यक्षेत्रको रुपमा बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका कपन ,चुनिखेल ,चपली, तथा कामपा ०६, गोकर्णेश्वर नगरपालिका अन्तर्गतको जोरपाटी आदी स्विकृती प्राप्त गरि कारोबार संचालन गरेको थियो । हाल दुवै संस्थाको संयुक्त साधारण सभा २०७७/१०/०४ गतेको निर्णयद्वारा दुवै संस्थाहरु एकिकरणको प्रकृयामा गई २०७७/११/२१ गते भुमी ब्यवस्था तथा सहकारी मन्त्रालय वाग्मती प्रदेश हेटौडाबाट स्विकृत भई २०७८/०४/०१ बाट संयुक्त कारोबार संचालन गरिएको थियो । एकिकरण पछिको संस्थाको नाम अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्था लि. कायम गरि का. म. पा. -६ , माहांकाल काठमाण्डाैँ, नेपाल स्थित कार्यालयलाई केन्द्रीय कार्यालयको रुपमा संचालन गरि आएको छ । संस्थाले हाल कार्यालयबाट ११ जना कर्मचारीहरुबाट सेवा प्रदान गरि आएको छ ।

image