संस्थाले बन्दा बन्दीको समयमा पनि ३६५ दिने सेवालाई निरन्तर संचालन गरिरहेको छ । कोरोना भाइरस संक्रमण्मको त्रासमा नेपाल सरकारले गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि सदस्यहरुलाई नियमित सेवा दिइरहेको जनाएको छ । संस्थाको आफ्नै भवन चाबहिल तथा सेवा केन्द्र कालीमाटी, ठमेल, साँखु र बालाजुबाट सदस्यहरुले बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स लगाएत एटिएम सेवा लिन सक्ने संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले जानकारी दिए । संस्थाले विषम परिस्थिीतिमा समेत आफ्ना सदस्यहरु लाई नियमित रुपमा कार्यालय संचालन गरी सेवा प्रदान गरिरहेको र बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म ३६५ दिने काउण्टर सेवा दिएको हुँदा सदस्यहरुलाई रकम राख्न र झिक्न सहज हुने उनले बताए । संस्थाबाट रेमिटेयान्स सेवा पनि दिएको संस्थाकी ब्यवस्थापक ईश्वरी सिंहले जानकारी दिइन । उनले संस्थाबाट एटिएम तथा रेमिटेन्स सेवा लिन सकिने जानकारी दिइन । संस्थाका सदस्य बाहेकले पनि उक्त सेवा उपयोग गर्न सकिने सिंहले बताइन ।