“आर्थिक विकासको मुल आधार” भन्ने मुल नाराका साथ संचालनमा रहेको यस अलौकिक सपनावती वचत तथा ऋण संहकारी लि.को गठन तत्कालिन सपनावती वचत तथा ऋण संहकारी संस्था लि. का.म.पा ०६ बौद्घ तथा तत्कालिन श्री अलौकिक वचत तथा ऋण संहकारी संस्था लि कपन बिच २०७७/०८/२४ गते एकिकरण सम्बन्धी सम्झौता भई २०७७/११/२१ गते वाट स्विकृति प्राप्त गरि संयक्त कारोवार संचालन गरिएको सर्वविधितनै छ । ससना छरिएर रहेका पुँजीहरु संकलन गरि सदस्यहरुको आर्थिक तथा सामाजिक वृद्घिको पवित्र उद्येश्यले गठन भएका दुई संस्थाहरु संहकारी अभियानको मर्म तथा भावना अनुरुप एकिकरण प्रक्रियामा गई २०७८/०४/०१ गते वाट केन्दि«य कार्यालय वौद्घ तथा सेवा कार्यालय कपनवाट एकिकृत कारोवार १६ जना कर्मचारीहरु मार्फत सेवा प्रदान गरि आएको छ । यस संस्थालाई आजको अवस्था सम्म ल्याई पुर्याउन अहंम भुमिका खेल्नुहुने सदस्य ज्युहरु,सल्लाहकार ज्युहरु,शुभचिन्तकहरु,पुर्व अध्यक्ष ज्युहरु, वर्तमान तथा पुर्व कर्मचारीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै भविश्यमा पनि संस्था सदस्य हितलाई आफ्नो सर्वोपरि उद्येश्य र कर्तब्य ठानी अगाडि वढ्ने छ भन्ने प्रतिवद्घता व्यक्त गर्न चाहन्छु । धन्यवाद ।
फोन :९८१८२४५५७७
ईमेल: assaccosltd@gmail.com
अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्था लि. 2022. Designed by : Iceberg Technology