सुविधाहरु

image

बाल शैक्षिक बचत(विद्यार्थी बचत)का विशेषताहरु :

  • मासिक रुपमा निश्चित रकम जम्मा गरी ५ वर्षको लागि खाता खोल्न सकिनेछ ।
  • विद्यार्थी वर्गका सदस्यहरुले उच्च शिक्षा हासिल गर्नको लागि वा अभिभावकहरुले आफ्ना बालबच्चाहरुको शिक्षाको लागि नियमित रुपमा जम्मा गर्न सक्नेछन् ।
  • जम्मा गरेको मितिले प्रत्येक ५÷५ वर्षमा एकमुष्ठ रकम झिक्न सकिनेछ ।
  • यस वचत शिर्षकमा जम्मा भएको रकम शिक्षा हासिल गर्ने प्रयोजनको लागि मात्र झिक्न सकिनेछ ।
  • यस खाता खोल्ने विद्यालय तथा क्याम्पसका खातावाला विद्यार्थीहरुलाई समूहमा आवद्ध गराएर सहकारी शिक्षा दिन सकिनेछ ।
  • यस वचत शिर्षकमा जम्मा गर्ने बचत रकम निम्न अनुसार हुनेछन् ।
    मासिक एकमुष्ठ नगद उपहार
    १०,२०० ८००,००० ६,०००
    ६,३०० ५१०,००० ३,२००
    २,५०० २००,००० १,३००
    १,३०० १०५,००० ६००
    ६२५ ५०,००० ३००
  • यस वचत आवद्ध सदस्य विद्यार्थीहरुलाइ जन्मदिनमा उपहार स्वरुप माथि उल्लेखित रकम उपलब्ध गराईने छ ।
  • यस वचत दैनिक, पाक्षिक, मासिक वा साधारण तरिका मध्ये जुनसुकै तरिकाले जम्मा गर्न सकिनेछ ।
  • सामान्यतया ५ वर्ष अगावै वचत झिक्न मिल्नेछैन तर झिक्नै परेमा उक्त मिति सम्म जम्मा भएको रकम मात्र झिक्न मिल्नेछ ।
  • यो वचत खाता खोल्ने सदस्यहरुलाई निशुल्क बचत पास बुक उपलब्ध गराईनेछ ।
  • रु. १०० सदस्यता शुल्क तिरि वा निशुल्क पनि खाता खोल्न सकिनेछ ।

बाल शैक्षिक बचत(विद्यार्थी बचत)का उद्देश्यहरु :

  • शिक्षा हासिल गर्नको लागि नियमित वचत गर्ने वानीको विकास गराउने ।
  • सदस्यहरुको उच्च शिक्षा हासिल गर्ने सपना साकार बनाउन सहयोग गर्ने ।
  • सदस्यहरुलाई दक्ष बनाउने कार्यमा सहयोग गर्ने ।
  • सदस्यहरुको शैक्षिक भविष्य सुनिश्चित गरी समृद्ध जीवन बनाउन सहयोग गर्ने ।
image